१ असोज २०८१, मङ्गलवार

‘गोल मरिच खेती तथा प्रशोधन’ कृतिको विमोचन

२४ असार २०८०, आइतवार
Image

झापा, २४ असार । सुपारीसँगै व्यवसायिक रुपमा झापामा खेती भइरहेको मरिच सम्बन्धी कृषि बैज्ञानिक डा. शरणकुमार रिजालले पुस्तक नै लेख्नुभएको छ । रिजालद्वारा लिखित ‘गोल मरिच खेती तथा प्रशोधन’ नामक पुस्तकको शनिवार धुलाबारीमा विमोचन भएको छ ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्र्दै पत्रकार चन्द्र भण्डारीले मरिचको महत्व, यसका विभिन्न जात, गोल मरिचको विरुवा, उत्पादन, नर्सरी, मलको प्रयोग र व्यवस्थापन, मौसम तथा जलवायुलगायतका २४ वटा विषयलाई समेटिएको पुस्तक महत्वपूर्ण भएको बताउनुभयो । 

‘मरिच ‘कालो सुन’ हो यसको व्यवसायिक उत्पादनमा लाग्दा हरेक मानिसको जीवनमा आर्थिक समृद्धि छाउँछ’, भण्डारीले भन्नुभयो –‘आज हाम्रा खेतबारी बाँझै छन् । अव व्यवसायिक रुपमा उत्पादनमा जोडिनुको विकल्प छैन ।’

साहित्यकार ज्ञानेन्द्र ढुंगानाले पुस्तकको समिक्षा गर्दै पुस्तक बहुउपयोगी भएको बताउनुभयो । उहाँले औषधिजन्य गुण भएको र खानाको विभिन्न परिकारमा समेत प्रयोग हुने गोलमरिच बिश्वका विभिन्न मुलुकमा निर्यात भइरहेको बताउनुभयो । 

सुपारी खेतीमा विद्यावारिधी गर्नुभएका डा. रिजालले यस अघि नेपालमा सुपारी खेती तथा उद्योग नामक कृति समेत निकालिसक्नुभएको छ ।