१ असोज २०८१, मङ्गलवार

लाखौं मूल्यका सवारी साधन कवाडीमा परिणत

२४ असार २०८०, आइतवार
Image

भद्रपुर, २४ असार । लाखौं मूल्यका सवारीसाधन डिभिजन वन कार्यालय झापाले लिलामी गर्न नसक्दा कवाडीमा परिणत भएका छन् । 

काठ तस्करीमा प्रयोगका गरेका ती सवारी साधान कार्यालयका परिसरमा बर्षौदेखि रहेका छन् । कामै नलाग्ने अवस्थामा पुगेका ट्रक, पिकअप, ट्याक्टर, मोटरसाइकल, साइकललगायत सवारी साधानलाई कार्यालय परिसरमै झारजंगलले ढाकेको छ । 

झन्झटिलो प्रक्रियाका कारण हालसम्म यी सवारीको लिलाम बिक्री गर्न नसकिएको वन कार्यालयका सुचना अधिकारी अन्जना पुरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयले काठ चोरी, तस्करी तथा अवैध निकासीमा प्रयोग गरिएका विभिन्न समयमा नियन्त्रणमा लिएको सवारीका साधन विगत ५ वर्ष अघिदेखि लिलाम विक्री हुन सकेको छैन । 

यसरी सवारी साधानहरु डिभिजन वन कार्यालय चन्द्रगढी र सबडिभिजन वन कार्यालय सुरुंगामा थन्किए सँगै लाखौं राजस्व समेत गुमेको छ । 

सन्तोष न्यौपाने