३ असोज २०८१, बिहिवार

भवानी क्षेत्रीलाई देवकोटा राष्ट्रिय पुरस्कार

२५ असार २०८०, सोमवार
Image

झापा, २५ असार । यस बर्ष महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ बाट झापाली स्रष्टा भवानी क्षेत्री पुरस्कृत हुने हुनुभएको छ । 

उहाँलाई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार २१ गते सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो । 

दर्जनौं कविता, उपन्यास र कथाका कृति प्रकाशन गरिसक्नु भएकीे स्रष्टा क्षेत्रीलाई कविता काव्य विधाबाट सम्मानित गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी, सोही पुरस्कारबाट निबन्ध, समालोचना विधामा काठमाडौंका पुरुषोत्तम सुवेदी, गद्य आख्यान, नाटकबाट कुमार भट्टराई काठमाडौं, बालसाहित्य, लोकसाहित्यबाट किसान विक चितवन र भाषा साहित्य विधामा जनकपुरका अरविन्द कुमार लाल पुरस्कृत हुने हुनुभएको छ ।