३१ असार २०८१, आइतवार

अहिले भर्खरै

सेप्टिक ट्यांकीमा डुबेका बालकको २२ घण्टापछि मृत्यु

२६ असार २०८०, मङ्गलवार
Image

मेचीनगर, २६ असार । मन्टेस्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर–१० धुलाबारीका ८ वर्षीय तान्छोक लिम्बुको आज मृत्यु भएको छ ।

प्रहरी स्रोतका अनुसार आज विहान साढे १० बजेतिर उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको हो । 

सोमवार दिउँसो साढे १२ बजेपछि उनी धुलाबारीको सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा पढ्न गएको बेला शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।

ट्यांकीबाट उद्धार गरेर उनलाई उपचारका लागि हस्पिटल लगिएको थियो । स्कुलको शौचालयको ढोकैमा रहेको सेप्टिक ट्यांकीको प्वाल मक्किएको प्लाईउडले छोपछाप पारिएको थियो । शौचालय जाने क्रममा बालक त्यही मक्किएको प्लाइउडबाट गहिरो ट्यांकीमा डुबेका थिए ।

ढोकामै ‘एम्बुस थापे जस्तो’ शौचालयको सेफ्टी ट्यांकी

मक्किएको प्लाई छोपिएको सेफ्टी ट्यांकीमा डुबे मन्टेश्वरीका बालक