७ कार्तिक २०८१, बुधवार

कोशीको मुख्यमन्त्रीमा उद्धव नै, कि परमादेशबाट हिक्मत आउलान् ?

२७ असार २०८०, बुधवार
Image

झापा, २७ असार । कोशी प्रदेश सरकारको बारेमा सर्वाेच्च अदालतमा परेको रिट निवेदनेका सुनुवाई सकिएको छ । आजै आदेश आउने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ति गर्नु भएको विषयमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले मुद्धा दायर गर्नु भएको थियो ।

मुद्धामा कार्कीले थापाको नेतृत्वमा रहेको सरकारलाई वर्खास्त गरेर आफुलाई परमादेशबाट मुख्यमन्त्री नियुक्त गर्न माग गर्नु भएको छ ।

रिटमाथि सुनुवाइ सकिएको हुँदा आजै आदेश आउने बताइएको छ ।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज न्यायाधीश सपना मल्लको इजलासमा परेको थियो । 

आजको सुनुवाईमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्णभक्त पोखरेल, डा. सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गर्नु भएको थियो ।