५ असोज २०८१, शनिवार

अहिले भर्खरै

बुधवारे–चारआली सडकमा गाडीको ठक्करले युवकको मृत्यु

२८ असार २०८०, बिहिवार
Image

मेचीनगर, २७ असार । इलामतिर आएको पिकअप भ्यानले विहीवार साँझ ठक्कर दिदा मेचीनगर–१२ स्थित मेची राजमार्गमा एक युवाको मृत्यु भएको छ ।

विहीवार साँझ साढे आठ बजेतिर उक्त दुर्घटना भएको हो । मृतक स्थानीय ३५ वर्षीय राजन दर्जी रहेको वडाध्यक्ष मधु निरौलाले लोकतन्त्र पोस्टलाई बताउनुभयो ।

‘राजन दर्जीलाई गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो,’ वडाध्यक्ष निरौलाले भन्नुभयो–‘गाडीको पूरा विवरण खुल्न सकेको छैन ।’

दुर्घटनापछि घटनास्थलबाट गाडी भागेको बताइएको छ । घटनास्थलमा प्रहरी टोली आइपुगेको निरौलाले जानकारी दिनभयो ।