३ असोज २०८१, बिहिवार

मेचीनगर

नगरपालिकाका लेखा अधिकृतमाथि पूर्वमेयरद्वारा हातपात

२९ असार २०८०, शुक्रवार
Image

मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाका लेखा अधिकृत चक्रपाणि खनाल र वडा नं. १० का कार्यालय सहयोगी रोहित लुइँटेललाई कार्यक्षेत्रमै दूव्र्यवहार भएको छ ।

मेचीनगर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष रविन्सन थापामगर र नेपाल नगरपालिका कर्मचारी एसोसिएसन कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै सो घटनाप्रति कडा शब्दमा विरोध जनाउनु भएको छ ।

विज्ञप्तिमा दोषीमाथि कडा कानूनी कार्वाही र कर्मचारीले निर्भयपूर्वक काम गर्ने वातावरण बनाइदिन माग गरिएको छ ।

खनालमाथि उहाँको कार्यकक्षमै प्रवेश गरेर मेचीनगरका पूर्व नगरप्रमुख कल्याण खड्काले आफ्नो काम नगरिदिएको भन्दै विहीवार हातपात गर्नुभएको थियो ।

भुक्तानी नभएको विषयलाई लिएर नगरपालिकासँग असन्तुष्ट खड्का लेखा कक्षभित्रै पस्नु भएको र विवादकै बीच लेखा अधिकृत खनालमाथि आक्रामक रुपमा हातपातकै तहमा प्रस्तुत हुनुभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

वडाका कार्यालय सहयोगी लुइँटेललाई वडा नं. १० निवासी मिलनराज प्रसाईले बुधवार कार्यालयमै गएर गालीगलौज र धम्की दिनुभएको विज्ञप्तिमा जनाइएको छ ।