३ असोज २०८१, बिहिवार

काँकरभिट्टाबाट काठमाडौ जाँदै गरेको बस दासढुंगामा दुर्घटना, १९ घाइते

२९ असार २०८०, शुक्रवार
Image

झापा, २९ असार । काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बस  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

–––