२७ वैशाख २०८१, बिहिवार

भानु जयन्तीमा रुबिना, भूमिका र लक्ष्मी पुरस्कृत

२९ असार २०८०, शुक्रवार
Image

काँकरभिट्टा, २९ असार । भानु साहित्यिक प्रतिष्ठानले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना स्रष्टालाई आज सम्मानित गरेको छ ।

काँकरभिट्टास्थित भानुभक्त शालिकमा माल्यार्पणपछि आयोजित समारोहमा क्रिक्रेट खेलाडी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र पत्रकार भूमिका सुब्बा फियाकलाई पुरस्कृत गरिएको हो ।

मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र भूमिका फ्याक लिम्बुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी लक्ष्मी अच्युत ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।

हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रबर्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गरिएको कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिनुभयो ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित रुविनालाई रु. २१ हजार र अन्य तीनजना व्यक्तित्वहरुलाई जनही रु. ११ हजारका दरले पुरस्कार दिइएको छ ।

पुरस्कार वितरण कार्यक्रम अघि भानुभक्तको पूर्णकदको शालिकमा साहित्यकारहरुले माल्यार्पण गर्नु भएको थियो ।