झापा, ३० असार । गौरीगञ्ज गाउँपालिका वडा नं. १ निवासी ५५ वर्षीया शिला बुढाथोकीको मोबाइल फोन चलाउने क्रममा शुक्रवार करेन्ट लागेर मृत्यु भएको छ ।
घटना विवरण अनुसार खेतमा काम गरेर आउँदा भिजेको हातले चार्जिङ अवस्थामा रहेको फोन चलाउँदा उहाँको शरीरमा करेन्ट प्रवाह भएको थियो । करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
चार्जमा राखेको अवस्थामा फोन चलाउँदा यसअघि विभिन्न जिल्लामा यस्तै घटना भइसकेका छन् ।