३ असोज २०८१, बिहिवार

परिवार नियोजन संघमा ६९ प्रतिशत मतदान

३० असार २०८०, शनिवार
Image

भद्रपुर, ३० असार । नेपाल परिवार नियोजन संघ झापा शाखाको आज सम्पन्न निर्वाचनमा ६९ प्रतिशत मत खसेको छ ।

संघको शाखा कार्यालयमा आज विहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।

निर्वाचन समिति स्रोतका अनुसार कूल मतदाता ७५३ रहेकोमा ५३३ मत खसेको छ । 

संघको कार्य समितिको अध्यक्ष पदमा मात्र निर्वाचन भएको हो । अध्यक्ष पदमा विर्तामोडका गणेश पोखरेल र भद्रपुरका लोकनाथ भट्टराई बुइपाली चुनावी प्रतिष्पर्धामा छन् ।

मतदान सकिएको हुँदा आजै मतगणना सुरु गरिने बताइएको छ ।