झापा, ३० असार । नेपाल परिवार नियोजन संघ झापाका सभापति लोकनाथ भट्टराई बुइँपाली दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ ।
संघको चन्द्रगढीस्थित कार्यकालमा सभापति पदका लागि आज चुनाव भएके थियो । सभापति पदमा गणेश पोखरेल र बुइँपालीबीच प्रतिष्पर्धा भएको थियो ।
निर्वाचन समितिका अधिकृत सुरज खत्रीका अनुसार बुइँपाली ३१२ र पोखरेलले २१९ मत प्राप्त गर्नु भएको छ ।
संघको झापा शाखामा ७५३ मतदाता थिए । जसमध्ये ५३३ मत खसेकोमा दुई मत बदर भएको थियो ।
राजनीतिक दलहरुले समेत सक्रिय चासो देखाएको संघको चुनावमा सभापति पदका दुबै उम्मेद्वार नेकपा एमालेका थिए ।