३ असोज २०८१, बिहिवार

अर्जुनधारामा विहानको ३ बजेदेखि नै भक्तजन लामवद्ध

१ साउन २०८०, सोमवार
Image

मेचीनगर, १ साउन । देशभरका शिवालयमा आज भगवान शिवलाई जल चढाउन भक्तजनको घुँइचो छ । 

झापाको शनिश्चरेस्थित अर्जुनधारा जलेश्वरधाम, दुधेस्थित शिवसताक्षीधाम, काँकडभिट्टास्थित पातालगंगा, सुरुंगास्थित कोटहोम, पुहातुबारीस्थित शिवालय, ज्यामिरगढीस्थित ओमकारेश्वर शिवालय लगायतका मठमन्दिरमा विहानैदेखि जलको घडा बोकेका भक्तजनको भीड छ । 

श्रावण महिनाको सबै सोमवारका दिन भगवान शिवलाई जलार्पण गर्नु उत्तम मानिने र यसपटक पुरुषोत्तम महिना परेको हुँदा भक्तजनहरु अझ बढी उत्साहित बनेको धार्मिक जानकारहरु बताउँछन् ।

साउनको सोमबार शिवको दर्शन गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । 

पूर्वको पशुपतिनाथको रुपमा परिचित अर्जुनधारा जलेश्वर धाममा विहानको ३ बजेदेखि नै भक्तजन लामवद्ध भएर शिवलाई जल चढाइरहेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।