९ मंसिर २०८१, आइतवार

अर्जुनधारा धाममा ओली : दर्शन गर्न पाउँदा खुशी लाग्यो

१ साउन २०८०, सोमवार
Image

शनिश्चरे, १ साउन । पूर्वको पशुपतिनाथ भनेर चिनिएको झापाको अर्जुनधारा–जलेश्वर धाममा सन्तदेखि राजासम्म र भिखारीदेखि नेतासम्म सबै दर्शनका लागि आउँछन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी ओली लगायतका नेताहरुले यस धाममा विधिपूर्वक दर्शन र पूजा गर्नुभएको छ ।

कोशीका मुख्यमन्त्रीहरुमध्ये शेरधन राई र हिक्मत कार्की पनि यहाँ आइसक्नु भएको छ । वत्र्तमान मुख्यमन्त्री उद्धव थापाको त गृहनगर नै अर्जुनधारा हो । उहाँको निवासबाट धाम नजिकै रहेको छ ।

काठमाडौंको पशुपतिनाथमा झैं चार ढोका, १०८ शिवलिङ्ग र पूजा विधि प्रयोग गरिने भएकाले दर्शनार्थीहरु यस धाममा प्रसन्न हुने गर्छन् । तर, यहाँको धार्मिक महत्व भने अलि बेग्लै छ ।

महाभारतकालीन पौराणिक कथासँग यसको साइनो जोडिएको विश्वास गरिन्छ भने यहाँ पूजा गर्नेहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिदै आएको छ ।

यसैबीच, गृहजिल्लाकै पूर्व प्रधानमन्त्री केपी ओली गत वैशाख १३ गते अर्जुनधारा जलेश्वर धाममा आउनु भएको थियो ।

पत्नी राधिका शाक्य र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगै आउनु भएको ओलीले धामको अतिथि पुस्तिकामा पाँच वाक्यमा आफ्नो सारगर्वित सन्देश लेख्नु भएको थियो ।

जसमा उहाँले लामो अन्तरालमा यस धार्मिकस्थलमा आउन पाउँदा खुशी लागेको जनाउँदै यहाँ सञ्चालित धार्मिक विकास र शिक्षालयहरुको प्रगतिले महत्व अझ बढेको बताउनु भएको थियो ।

यस्तो छ उहाँको हस्तलिखित सन्देशमूलक अनुभूति ।