४ जेठ २०८१, शुक्रवार

राजनीति

केन्द्रीय बैठक लाइभ गर्ने पहिलो दल बन्यो कांग्रेस

२ साउन २०८०, मङ्गलवार
Image

झापा, २ साउन । राजनीतिक दलहरु एकातिर आम जनतासँग जोडिनु पर्छ भन्ने गर्छन् । अर्कातिर आफ्ना बैठक र भेलाहरु गोप्य कोठामा सञ्चालन गर्न रुचाउँछन् ।

तर, नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक आज लाइभ (प्रत्यक्ष प्रशारण) गरेर उदाहरण प्रस्तुत गरेको छ । कांग्रेसले बैठकलाई लाइभ गरेकोमा पार्टीभित्र र बाहिर सकारात्मक चर्चा भइरहेको छ ।

लोकतन्त्रमा दलहरु जनताप्रति उत्तरदायी हुनुपर्छ । बैठकमा नेताहरुले के बोल्छन् भन्ने कुरा थाहा पाउने कार्यकर्ता र शुभेच्छुकहरुको चासो रहन्छ ।

नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी लगायतका राजनीतिक दलहरुले समेत अहिलेसम्म आफ्ना बैठकहरु लाइभ गर्न सकेका छैनन् ।

पार्टी सभापति शेरबहादुर देउवाले नै बैठक लाइभ गर्ने प्रस्ताव गर्नु भएको थियो ।