४ जेठ २०८१, शुक्रवार

पानी बोक्ने गाडीको ठक्करले कुमार दर्जीको मृत्यु

४ साउन २०८०, बिहिवार
Image

मेचीनगर, ४ साउन । पूर्व पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ दुर्गापुरमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेको प्रहरीले जनाएको छ । 

पानी बोक्ने १-०१-००१ च ७४०७ नम्बरकाे गाडीको ठक्करले विहीबार विहान मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका हुनुभएको थियो । उहाँलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको प्रहरीले जनाएको छ । 

गाडी चालक कनकाई ४ का ३३ वर्षीय पशुपति ओलीलाई इप्रका सुरुङाले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले चेकजाँचमा सावधानी नअप्नाएका कारण दुर्घटना भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।