४ जेठ २०८१, शुक्रवार

आजदेखि पदभार सम्हाल्यो संघको नयाँ कार्यसमितिले

४ साउन २०८०, बिहिवार
Image

भद्रपुर, ४ साउन । नेपाल परिवार नियोजन संघ झापाको नवनिर्वाचित कार्य समितिले आज सपथसहिथ पदभार ग्रहण गरेको छ ।

हालै अध्यक्ष पदका लागि भएको निर्वाचनमा लोकनाथ भट्टराई बुइँपाली सभापति पदमा निर्वाचित हुनुभएको थियो भने अन्य पदाधिकारी तथा सदस्य निर्विरोध चयन भएका थिए ।

संघको चन्द्रगढीस्थित आफ्नै कार्यालयमा आयोजित सपथग्रहण तथा पदभार ग्रहण समारोहमा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसाजु हुनुहुन्थ्यो ।

आजै सभापति बुइँपालीको अध्यक्षतामा पहिलो बैठक बसेको छ । कानून विज्ञ सदस्य चन्द्रा श्रेष्ठका अनुसार बैठकले संघको निर्वाचन सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुका साथै संघकी संस्थापक सदस्य हर्षकुमारी थपलियाको आज भएको निधमा श्रद्धाञ्जलि अर्पण गर्ने निर्णय गरेको छ ।