२० वैशाख २०८१, बिहिवार

साहित्यकार खरेल सम्झिदै सुसेलीको श्रद्धाञ्जलि सभा

६ साउन २०८०, शनिवार
Image

मेचीनगर, ६ साउन । सुसेली साहित्यिक परिवार (सुसाप)ले संस्थाका संस्थापक सदस्य, प्रसिद्ध साहित्यकार एवम् सुसेली स्मारिकाका प्रधान सम्पादक बिजय खरेलको निधनमा श्रद्धाञ्जलि सभा गरेको छ ।

साहित्यकार खरेलको गत असार १८ गते अमेरिका भ्रमणका क्रममा उतै निधन भएको थियो । 

सुसापका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता र प्रसिद्ध साहित्यकार तथा वरिष्ठ अधिवक्ता लीला उदासीको मुख्य आतिथ्यमा शुक्रवार सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाल बहुद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, सुसापका सल्लाहकार भीम खवास, भानु साहित्यिक प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरे, नेपाल शिक्षक युनियन कोशीका अध्यक्ष तेजप्रसाद चौंलागाईं, काँकरभिट्टा क्याम्पसका प्राचार्य लक्ष्मीप्रसाद उप्रेती, साहित्यकार भवानी क्षेत्री, पूर्व प्रअ देशु सुब्बा वनेम आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केन्द्रप्रसाद भट्टराई र सञ्चालन सुसापका सचिव कनक कार्कीले गर्नुभएको थियो । सो अवसरमा कृतिशेष विजय खरेलको तस्वीरमा माल्यार्पण–पुष्पार्पण तथा उहाँप्रति एक मिनट मौनधारण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष पुण्यप्रसाद खरेलले उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो । 

मुख्य अतिथि लीला उदासी, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भानु साहित्यिक प्रतिष्ठानका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरे, एनएमसीका अभिमावक रामचन्द्र उप्रेती, सुसापका सल्लाहकार भीम खवास, कोशी प्रदेश शिक्षक युनियनका अध्यक्ष तेजप्रसाद चौंलागाईं, भवानी क्षेत्री, देशु सुब्बा, जीवनाथ सुवेदी, इन्द्रेनी महिला साहित्यिक मञ्चकी उपाध्यक्ष मुना राना, प्रसिद्ध कलाकार तथा कला अभियन्ता केसाङ लामा, कृष्णप्रकाश सुमार्गी आदिले विजय खरेलप्रति आफ्ना भावना राख्तै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 

सो अवसरमा ज्ञानेन्द्र ढुङ्गानाले कृतिशेष विजय खरेलप्रति श्रद्धाञ्जलि लेख पढेर सुनाउनु भयो भने मातृकाप्रसाद संग्रौलाले कविता सुनाउनु भएको थियो । 

स्व. विजय खरेलका नाति साईकिरण लम्सालले विजय खरेललाई प्रिय लाग्ने गरेको नारायण गोपालले गाएको ‘दुईटा फूल देउरालीमा साथै राखौं जस्तो लाग्छ’ भन्ने गीत गाएर सुनाउनुका साथै उहाँको रचनामा संगीत भरेर रेकर्ड गर्न लागिएको गीतको रेकर्ड सुनाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो ।