२० वैशाख २०८१, बिहिवार

कांग्रेस नेतृ डीना भन्नुहुन्छ–‘खाँणलाई पार्टीभित्रैबाट फँसाइयो’

७ साउन २०८०, आइतवार
Image

झापा, ७ साउन । नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रैबाट लागेको बताउनु भएको छ ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री डीनाले अदातललाई नै प्रभाव पार्ने गरी खाँणको विषयलाई पार्टीका केही व्यक्तिहरुले उठाइरहेको बताउनुभयो । 

‘हाम्रै एक जना साथीलाई आरोप लगाइएको छ । न्यायालयमा विचाराधीन मुद्धा रहेको छ,’ डिनाले भन्नुभयो, ‘यो आरोपलाई प्रमाणित गराउन हाम्रै साथीहरुले दबाब दिनुभएको छ । यो न्यायालयको काम हो । केही साथीहरुले दबाब दिएर न्यायालयलाई प्रभावित पार्न खोज्नुभएको छ ।’

पार्टीका नेताहरु विरुद्ध अभिव्यक्ति दिनेहरुलाई छानबिनको दायरामा ल्याउनका लागि उहाँले सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभएको छ । जर्बजस्ती फसाउने कार्यमा पार्टीकै साथीहरु लागेको उहाँले बताउनुभयो ।

केन्द्रीय नेता मात्रै नभई जिल्ला तहका कोही नेता कार्यकर्तालाई आरोप लागेमा उनीहरुको पक्षमा उभिने कि नउभिने भनी उहाँले प्रश्न गर्नुभयो ।

(अनलाइन खबर)