२० वैशाख २०८१, बिहिवार

न्यायाधीशले ‘हेर्न नमिल्ने’ भनेपछि सुनुवाई सर्यो

८ साउन २०८०, सोमवार
Image

झापा, ८ साउन । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतवार सुनुवाई गरेन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आइतवार मुद्धा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

तर, न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन सकेन । 

आज मुद्धाको सुनुवाइ हुनेछ । कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । 

उक्त विवादको प्रारम्भिक सुनुवाइ गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल  इजलासले दूरगामी असर पर्नेगरी काम नगर्न र लिखित जवाफ पेस गर्र्न आदेश गरेको थियो ।