२० वैशाख २०८१, बिहिवार

गगनको प्रस्ताव–‘फौजदारी अभियोग लागेकालाई निलम्बन गर्नुपर्छ’

८ साउन २०८०, सोमवार
Image

झापा, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राख्नु भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकमा आज थापाले सुशासन सम्बन्धी १३ पृष्ठ लामो लिखित प्रस्ताव राख्नु भएको हो । उहाँले प्रस्तावमा ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’

केन्द्रीय सदस्य बालकृष्ण खाँण हाल नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा हुनुहुन्छ । उहाँलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्र मत विभाजित भएको छ ।

संस्थापन पक्षीय नेताहरुले बैठकमै खाँणलाई थुनामा जानबाट जोगाउन सकिने बताइरहेका छन् भने महामन्त्री गगन थापा पक्षीय केन्द्रीय सदस्यहरुले खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने माग गरिरहेका छन् ।

महामन्त्री थापाले खाँणलाई लक्षित गरे प्रस्ताव ल्याउनु भएको हो ।