१२ साउन २०८१, शनिवार

मेचीनगर

सकियो जग्गाको वर्गीकरण, साउन १७ देखि कित्ताकाट खुल्ने

११ साउन २०८०, बिहिवार
Image

मेचीनगर, ११ साउन । मेचीनगर नगरपालिकाले जग्गा वर्गीकरणको बहुप्रतिक्षित कार्य सम्पन्न गरेको छ ।

आज जग्गा वर्गीकरणको सम्पूर्ण कागजात नगरपालिकाले मालपोत कार्यालय र नापी कार्यालय भद्रपुरमा हस्तान्तरण गरेको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ ।

सचिवालले दिएको जानकारी अनुसार कागजातहरु भद्रपुरस्थित (जिल्ला) मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाललाई नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले हस्तान्तरण गर्नु भएको हो ।

साउन १७ गतेदेखि जग्गाको कित्ताकाट समेत खुल्ने सचिवालयले जानकारी दिएको छ ।