१ असोज २०८१, मङ्गलवार

मेचीनगरमा सडकले छोएका सबै जग्गा ‘आवासीय’

११ साउन २०८०, बिहिवार
Image

मेचीनगर, ११ साउन । मेचीनगर नगरपालिकाले सडकले नछोएका सबै जग्गालाई कृषिमा वर्गीकरण गरेको छ ।

नगरका १५ वटै वडाको जग्गाको वर्गीकरण सकेर नगरपालिकाले आज मालपोत र नापी कार्यालय भद्रपुरमा सम्पूर्ण कागजात बुझाएको छ ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीका अनुसार नगरपालिकाले सडकले नछोएका सबै जग्गा कृषि क्षेत्रमा पर्ने र छोएका सबै जग्गा आवासीय क्षेत्रमा वर्गीकृत भएको लोकतन्त्र पोस्टलाई जानकारी दिनुभयो ।

नगरको भूउपयोग सम्बन्धी कार्यविधि अनुसार अब कृषि क्षेत्रमा वर्गीकृत जग्गालाई २ कठ्ठाभन्दा सानो आकारमा कित्ताकाट गर्न पाइने छैन ।

त्यसैगरी, आवासीय जग्गालाई पनि ८ धुरभन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न नपाइने भएको छ ।

कृषिमा वर्गीकृत भएको जग्गा यदि १४ कठ्ठाभन्दा बढी एउटै कित्तामा छ भने एकपटकका लागि जग्गाधनीले वडा कार्यालयको सिफारिसमा कृषि क्षेत्रमै जग्गालाई दुई कित्तामा रुपान्तरण गर्न पाउने नियम बनाइएको छ ।

वरिष्ठ प्रशासकीय अधिकृत वस्तीले दिएको जानकारी अनुसार नगरको जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरिएको छ ।

वर्गीकरण भएका क्षेत्रहरुमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, बन, नदी–ताल–सिमसार, सांस्कृतिक तथा पुरातात्विक, खानी र खनिज र सरकारी क्षेत्र छन् ।