१६ वैशाख २०८१, आइतवार

विश्वप्रकाश शर्माले किन मागे सभामुखको राजीनामा ?

१२ साउन २०८०, शुक्रवार
Image

झापा, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमको राजीनामा माग्नु भएको छ ।

राजधानीको एक सञ्चारमाध्यमसँगको कुराकानीमा शर्माले सभामुखले नैतिकताका आधारमा पनि राजीनामा दिनु पर्ने बताउनुभयो ।

‘सभामुखको पदमा अब बस्न हुँदैन भन्ने सोचेर उहाँले राजीनामा दिनुपर्छ,’ शर्माले भन्नुभएको छ ।

सभामुख गौतमकै समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा गत महिना मुख्यमन्त्री बन्नुभएको थियो । तर अदालतले सभामुखको समर्थनमा बन्न पाइँदैन भनेर उहाँको नियुक्ति बदर गरिदिएको छ ।

कोशी प्रदेशमा दुई गठबन्धनमा बराबर मत भएकाले सभामुखको मत निर्णायक मानिएको छ । कांग्रेसले सभामुखले पदबाट राजीनामा दिएर फेरि समर्थन जनाए आफ्नो पक्षमा बहुमत पुग्ने हिसाब गरेको छ ।

महामन्त्री शर्माले नैतिकता पनि जोगिने र गठबन्धनलाई सरकार बनाउन पनि सजिलो हुने गरी कुटनीतिक तरिकाले सभामुखको राजीनामा आवश्यक भएको धारणा सार्वजनिक गर्नु भएको छ ।