२३ भदौ २०८१, आइतवार

नारी सञ्चारले दियो ‘मोवाइल पत्रकारिता’ तालिम

१९ साउन २०८०, शुक्रवार
Image

बिर्तामोड १९ साउन । नारी सञ्चार गृह झापाले मोवाइल पत्रकारिता (मोजो) तालिम दिएको छ ।

बिहीबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा एक दिवसीय तालिम सम्पन्न भएको हो ।

तालिममा ३० जना प्रशिक्षार्थी थिए । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गणेशमान मुखियाले तालिम दिनु भएको थियो ।

तालिममा भिडियो खिच्ने र त्यसको सम्पादन गर्ने विषयमा प्रशिक्षक मुखियाले सिकाउनु भएको थियो ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । सहभागीहरुले कार्यक्रम उपयोगी भएको बताएका थिए ।