२२ वैशाख २०८१, शनिवार

नेविसंघ केन्द्रीय सदस्यमा झापाबाट १३ जना मनोनित

२३ साउन २०८०, मङ्गलवार
Image

झापा, २३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा झापाका १३ जनालाई मनोनित गर्नु भएको छ ।

देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७१० सदस्यीय केन्द्रीय समिति गठन गर्दा झापाबाट १३ जना परेका हुन् ।

मनोनित केन्द्रीय सदस्यहरुमा भुवन बुढाथोकी, मिलन बस्नेत, सौरभ सिटौला, नारायण नेपाल, भरतकुमार गणेश, रविन्द्र ढुंगाना, किरण भण्डारी, भुवन खतिवडा, भूपेन्द्रसिंह थेबे, दिलीपबाबु शिव, सञ्जय राई, अतित राई र किशोर ढुंगाना रहनु भएको छ ।

यसैगरी, इलामबाट ७ जना केन्द्रीय सदस्य मनोनित भएका छन् । उनीहरुमा प्रेमिका रानामगर, सञ्जीव ढकाल, धु्रुव राई, प्रकाश तामाङ, अनिल नेपाल, संजोककुमार खड्का र दुर्गा घिमिरे रहेका छन् ।

पाँचथरबाट ५ जना र ताप्लेजुङबाट ३ जना मनोनित भएका छन् ।