२२ वैशाख २०८१, शनिवार

भम्रण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्कदै

२७ साउन २०८०, शनिवार
Image

झापा, २७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला १० दिने यूरोप भम्रणलाई छोट्याएर भोलि नेपाल फर्कने  हुनुभएको छ ।

स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आउनु भएको उहाँ म्याड्रिडस्थित नेपाली दूतावासमा हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कनु लाग्नु भएको निकट स्रोतले जानकारी दिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । 

पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । उहाँले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्ध गर्नु भएको छ ।

आइतबार नेपाल फर्कने तयारी गरिरहनु भएको पूर्वप्रधानमन्त्री नेपाल शनिबार बार्सिलोना आइपुग्नु भएको हो । 

पूर्व प्रधानमन्त्री नेपालले पर्यटकीय सहर बार्सिलोनाको विश्व प्रसिद्ध रोमन क्याथोलिक चर्च सग्रादा फैमिलियाको अवलोकन गर्दै हुनुहन्छ ।

१ सय ४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ।

(अनलाइन खबर)