२२ वैशाख २०८१, शनिवार

मेचीनगर कर्मचारी एसोसिएसन अध्यक्षमा बुढाथोकी

२७ साउन २०८०, शनिवार
Image

मेचीनगर, २७ साउन । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित हुनु भएको छ। 

तीन बर्षे कार्यकालको लागि शुक्रवार भएको निर्वाचनमा बुढाथोकी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

नेतृत्व चयनका लागि निर्वाचन नै भएको थियो । १३८ जना मतदाता मध्ये ९३ जनाले मतदान गरेका थिए । जसमा २ मत बदर भएको थियो । 

समितिको उपाध्यक्षमा भवानी प्रसाद सिटौला निर्वाचित हुनु भएको छ । 

त्यस्तै समितिको सचिव, सहसचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्य सर्वसम्मत भएका छन् । सचिवमा आयुसमान निरौला, सहसचिवमा नरमाया निरौला ९निर्मला० र कोषाध्यक्षमा सुनिता सोरेन सर्वसम्मतहुनु भएको हो  ।

 नयाँ कार्यसमितिको सदस्यमा बिपिन काफ्ले, फकिरा मल्लिक, सरोज कुमार खनाल, लुना दाहाल, अनन्त दाहाल, रिना बस्नेत, मेनुका कार्की, जय बहादुर दाहाल, डम्बर कुमारी थापा, बिष्णु कुमार थापालगायत हुनुहुन्छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्ष रविनसन थापा मगरको अध्यक्षतामा भएको ९ औं अधिवेशनको उद्घाटन मा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई कोशी प्रदेश कमिटि संयोजक त्रिलोचन पौडेल, केन्द्रिय सदस्य सञ्जय ढुङ्गाना, शुशिल कर्ण, मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य बिश्लेषक दिपेन्द्र कार्की, लेखा अधिकृत राजन भेटवाललगायतको आतिथ्यता रहेको थियो ।