२७ वैशाख २०८१, बिहिवार

सुधारिएको चुलो सित्तैमा पाएपछि दंग

२९ साउन २०८०, सोमवार
Image

मेचीनगर, २९ साउन । मेचीनगरमा सुधारिएको चुलो नि:शुल्क वितरण गरिएको छ ।  

मेचीनगर-८ स्थित विभिन्न टोलका दुई सय पचास परिवारले सुधारिएको चुलो नि:शुल्क पाएका छन् । 

प्रति गोटा ५ हजार ५ सय रुपैयाँ मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट र थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब  भान्सामा सहज भएको स्थानीयको भनाइ छ । 

पूर्व जनप्रतिनिधि विकेन्द्र कुमार धिमाल र सन्तोष मेचेको पहलमा एक बर्षअघि नै छनोट भई सिफारिस भएका स्थानीय रेनुका ढुङ्गाना, सिमा मेचे, लक्ष्मी मेचे, भानु लेप्चा, रमा भट्टराई, देवी रिजाल, हेमन्त लेप्चा, लोकनाथ खतिवडा, संगीत तामाङलगायत २५० घर परिवारलाई हिजो एक कार्यक्रमका बिच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त चुलो वितरण गर्नुभएको इपिसी नेपालका  प्राविधिक अमर मेचेले बताउनुभयो ।

उहाँले यस अघि इपिसी नेपालको सहयोगमा गत असार महिनामा मेचीनगर ९ मा २५० घर परिवारलाई सुधारिएको चुलो तथा वितरण गरिएको जानकारी दिनुभयो । 

इपिसी नेपालको सहयोगमा गत महिना मात्रै नगरका विभिन्न ६ वटा मावि स्तरका विद्यालयलाई करिब ४२ लाखको लागतमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरेको थियो । 

जनप्रतिनिधिको पहलमा इन्भारमेन्ट प्रोटेक्सन सेन्टर (इपिसी) नेपालको सहयोगमा मेचीनगर ८ स्थित ग्रामथाम टोलमा वितरण गरिएको चुलो वितरण कार्यक्रममा नगर प्रमुख बुढाथोकी  संगै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक योजना तथा पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, पूर्व जनप्रतिनिधि सन्तोष मेचे, नेकपा एमाले मेचीनगर ८ वडा कमिटी सचिव मिलन विश्वकर्मा, नवीन खतिवडालगायतको उपस्थिति रहेको थियो ।