१ असोज २०८१, मङ्गलवार

चोरीको काठ धमाधम पक्राउ गर्दै प्रहरी

३० साउन २०८०, मङ्गलवार
Image

झापा, ३० साउन । जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले तीन जना व्यक्तिसहित १८४ क्यूफिट काठ पक्राउ गरेको छ । 

बरामद काठ सखुवा, आँप, कदम र छतिउनका रहेको प्रहरीको भनाई छ । बरामद गरिएको काठ, ट्याक्टरसहित तीनै जनालाई प्रहरीले डिभिजन वन कार्यालय झापामा बुझाइको जनाएको छ ।

मेचीगर वडा नं. १० निन्दा पुलस्थित प्रदेश १–०२–००३ त १८१२ नं. को ट्याक्टरमा आज विहान आँप कदमलगायत जातको गोलिया ८३ थान (१२६ क्यू फिट) चेकजाँचको क्रममा पक्राउ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो । 

प्रहरीले स्थानीय वडाको विल तथा आवश्यक कागजात समेत नएका कारण काठसहित मेचीनगर नगरपालिका २ बस्ने २३ बर्षीय तेजबहादुर राईलाई नियन्त्रणमा लिएको उहाँको भनाई छ । 

यसैगरी, सोमबार बुद्धशान्ति गाउँपालिका ६ शान्तिगरको ज्यामिरे सामुदायिक वनबाट १६ थान गोलिया (५८ क्यूफिट) काठसति स्थानीय ३६ बर्षीय धनाहाङ्ग लिम्बू र वडा नम्बर ४ का २४ बर्षीय सविन विश्वकर्मा पक्राउ परेका छन् । 

विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले मे १ त ६५३८ नम्बरको ट्याक्टरसहित काठ बरामद गरेको हो ।