१ असोज २०८१, मङ्गलवार

मेचीनगर ८ मा सुन्दर किसानको शव फेला, हत्याको आशंका

३२ साउन २०८०, बिहिवार
Image

धुलाबारी, ३२ साउन । मेचीनगर नगरपालिका ८ मा एक व्यक्तिको शव आज विहान फेला परेको छ ।

पैनीमा झाडीले छोपेको अवस्थामा फेला परेको शव स्थानीय ४३ बर्षीय सुन्दर किसानको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार घरबाट हराएका  किसानलाई मृत अवस्थामा  स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले किसानलाई कसैले धारिलो हतियार प्रहार गरी हत्या गरी पैनीमा फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।