१ असोज २०८१, मङ्गलवार

झण्डै एक लाख श्रीलङ्काली खडेरीको चपेटामा

३२ साउन २०८०, बिहिवार
Image

कोलम्बो, ३२ साउन । पचास हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका छन् । 

 श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले  जनाएको छ । 

डिएमसीले आज सार्वजनिक गरेको  आफ्नो पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।