२२ वैशाख २०८१, शनिवार

निरोजको कृति ‘२०२८’को काठमाडौंमा विमोचन

२ भदौ २०८०, शनिवार
Image

झापा, २ भदौ । युवा लेखक निरोज कट्टेलद्वारा लिखित ‘२०२८’ नामक पुस्तक आज काठमाडौंमा विमोचन भएको छ ।

नेकपा एकीकृत समाजबादीका महासचिव घनश्याम भुसाल, नेकपा समाजबादीकी केन्द्रीय सदस्य मानुषी यमी र कान्तिपुर दैनिकका पूर्व सम्पादक सुधीर शर्माले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रम मण्डला थिएटर थापागाउँमा भएको थियो । कार्यक्रमको उद्घोषण रिडर्स झापाका अध्यक्ष एवम् प्रसिद्ध लेखक उज्ज्वल प्रसाईले गर्नुभएको थियो ।

कार्यक्रममा भुसाल, यमी र शर्मा वक्ता हुनुहुन्थ्यो । कार्यक्रममा बेला पब्लिकेसन्सका विनोदविक्रम केसी लगायतको उपस्थिति रहेको थियो ।