२५ भदौ २०८१, मङ्गलवार

कोशीमा ‘मन्त्री वा १० करोड’को अफर आइरहेको लिङ्देनको दावी

२ भदौ २०८०, शनिवार
Image

झापा, २ भदौ । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भइरहेको खुलासा गर्नु भएको छ ।

लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दावी गर्नुभएको छ ।

अध्यक्ष लिङदेनले राप्रपाका सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैया दिने प्रस्ताव आएको खुलासा गर्नु भएको हो ।

राप्रपाले मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत नदिने भएको छ । 

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ । गठबन्धनसँग ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पाउने छैनन् ।

राप्रपाले कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताइसकेको छ ।

(नेपाल प्रेस)