४ असोज २०८१, शुक्रवार

मेचीमा पौडी खेल्दा १३ वर्षीय महतोको मृत्यु

२ भदौ २०८०, शनिवार
Image

भद्रपुर, २ भदौ । भद्रपुरको वडा नं. ६ का १३ वर्षीय शिव महतोको मेची नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले जनाए अनुसार आज दिउँसो ३ बजेतिर महतो साथीहरुसँग पौडी खेल्न नदीमा गएका थिए । 

भद्रपुर–५ देवी बस्ती नजिक तटबन्ध रहेको ठाउँमा नदीको गहिरो भागमा उनी डुबेका थिए । घटनास्थलमै उनको मृत्यु भएको थियो ।