२७ वैशाख २०८१, बिहिवार

भद्रपुर साहित्य प्रतिष्ठानको सल्लाहकारमा नौ अग्रज मनोनित

२ भदौ २०८०, शनिवार
Image

भद्रपुर, २ भदौ । भद्रपुर साहित्य, कला तथा संंगीत प्रतिष्ठानको सल्लाहकारमा नौ जना अग्रज स्रष्टालाई मनोनित गरिएको छ ।

प्रतिष्ठानले २०८० सालको बडादशैं अघि भद्रपुरमा साहित्य गोष्ठी गर्ने समेत निर्णय गरेको छ । 

आज नगरपालिकाको सभाकक्षमा बसेको प्रतिष्ठानको पहिलो बैठकले कात्तिक २ गते विहिबार एक दिने साहित्य गोष्ठी गर्ने निर्णय गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा केही साहित्य कला र संगीतका क्षेत्रमा योगदान दिइरहनु भएका मध्येबाट हाल ९ जनालाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय पनि भएको छ । 

सल्लाहकारहरुमा चूडामणि रेग्मी, नकुल काजी, हरि पौडेल, होम सुवेदी, चूडामणि बाशिष्ठ, लक्ष्मी पौडेल, कृष्णसुवेदी निराकार, राजेश ढुंगाना र सत्यनारायण तायल रहनु भएको छ । 

यसैगरी सोही बैठकले ४ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । अरु सदस्यसरह नै रहने गरी आमन्त्रित सदस्य मनोनयन गरिएकामा देबीचरण भण्डारी, राजु बराल, निरज पोखरेल र गोविन्द रहपाल रहनु भएको छ । 

बैठकले कार्यविधि बनाउन नगरपालिकालाई अनुरोध गर्ने निर्णय गर्दै यसको पहलका लागि अध्यक्ष दाहाल, उपाध्यक्ष फडिन्द्र पोखरेल र सचिव कृति राईलाई तोकेको छ । 

साथै बैठकले स्थानीय रेडियोबाट नाटक प्रसारण र साहित्य तथा संगितसम्बन्धी कार्यक्रम प्रसारणका लागि प्रतिष्ठानले प्रायोजन गर्ने निर्णय गर्दै नाटकतर्फ कृष्ण अनमोल र फडिन्द्र पोखरेललाई तथा साहित्य र संगीततर्फ खगिन्द्रा खुशी र धनकुमारी लता खरेललाई जिम्मेवारी दिने निर्णय भएको साहित्य सचिव डिल्लीरमण नेपालले जानकारी दिनुभयो ।