२३ भदौ २०८१, आइतवार

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सर्वोच्चमा सुनवाइ

७ भदौ २०८०, बिहिवार
Image

झापा, ७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाका अध्यक्षलाई समेत मत हाल्न लगाएर विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाई हुँदैछ ।

कोशी सरकारका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

कार्कीले थापा नेतृत्वको सरकार बर्खास्त गर्न परमादेश माग गर्दै रिट दायर गरेका थिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराउनु भएको थियो, जसका कारण उहाँलाई विश्वासको मत प्राप्त गरेको घोषणा गरियो । 

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

थापाले विश्वासको मत लिने बेलामा एमालेको निर्देशनमा उपसभामुख सिर्जना दनुवार र अरु ज्येष्ठ सदस्यहरु अनुपस्थित भएका थिए । जसका कारण कांग्रेसकै ज्येष्ठ सांसद् मन्सुरीले सभाको अध्यक्षता गर्नुपरेको थियो ।