२७ वैशाख २०८१, बिहिवार

मलेसियामा सम्पर्कविहीन गोपाललाई खोज्न शर्माको पहल

७ भदौ २०८०, बिहिवार
Image

झापा, ७ भदौ । मलेसियामा सम्पर्कविहीन रहेका मेचीनगर–६ का ३७ वर्षीय गोपाल घिमिरेको खोजीमा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पहल सुरु गर्नु भएको छ ।

२०६१ चैत ८ गते राज ओभरसिज प्रालि मार्फत १९ वर्षको उमेरमा घिमिरे वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो ।

मलेसिया पुगे लगत्तै उहाँलाई गैरकानूनी कामदारको आरोप लाग्यो । बिगत ६ वर्षदेखि उहाँसँग परिवारको सम्पर्क नै टुटेको छ । उहाँकी आमा सानी घिमिरेले बुधवार पत्रकार सम्मेलन गरी छोराको खोजीमा सहयोग गरिदिन अपिल गर्नु भएको थियो ।

गोपालकी आमाले अपिल गरेको भिडियो मेचीनगर अनलाइनमा हेरेपछि कांग्रेसका महामन्त्री शर्माले खोजीका लागि पहल सुरु गरिसकेको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

उहाँको प्रतिक्रिया यस्तो छ–

‘यो भिडियो देख्नासाथ मलेसियास्थित नेपाली जनसम्पर्क समितिका अध्यष चोलाकान्त पेनीलाई टेलिफोन सम्पर्क गरेको छु । मलेसियास्थित नेपाली दूताबास, दूताबासमार्फत मेलिसयन प्रहरी र त्यहाँ रहेका नेपाली संघसंस्थामार्फत गोपाल घिमिरेको खोजीका लागि अभियान सुरु गरिएको जानकारी गराउँछु । आमाले आफ्नो छोरा अनि पुरै परिवारले आफ्नो सदस्यसँगको मिलन चाँडै पाउने आशा राखौं । आशा राखौं, उहाँ भेटिनु हुनेछ । यो पोस्ट गर्नुहुने मित्र अर्जुन कार्की र अन्य सबै सञ्चारकर्मी मित्रहरुलाई हृदयदेखि धन्यवाद ।’