३ असोज २०८१, बिहिवार

होटल व्यवसायी संघ मेचीनगरको भवन उद्घाटन

७ भदौ २०८०, बिहिवार
Image

धुलाबारी, ७ भदौ । होटल व्यवसायी संघ मेचीनगर झापाको नवनिर्मित भवनको विहीबार उद्घाटन भएको छ । 

भवनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको हो । पालिको रु. १० लाख र संघको बजेट गरी रु. २२ लाखमा भवन बनेको हो । ्

संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवारी समुदायको लाखे नाचसहितको झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा उहाँले देशभरमा पहिलो पटक होटल व्यवसायी संघ मेचीनगरले आफ्नो भवन निर्माण गरेको दाबी गर्नुभयो । 

कार्यक्रममा नगर उपप्रमुख मिना उप्रेती, होटल व्यवसायी संघ झापाका अध्यक्ष ईन्दिरा श्रेष्ठ, वडानम्वर – ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाईट चेस क्लव काँकडभिट्टाका अध्यक्ष एवम् होटल व्यवसायी राजु कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

पुर्वअध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएको कार्यक्रममा सहभागी सवैलाई स्वागत संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर (ध्रुव)गिरीले गर्नुभएको थियो ।