५ असोज २०८१, शनिवार

काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचना हटाइने

८ भदौ २०८०, शुक्रवार
Image

मेचीनगर, ८  भदौ । झापाको मेचीनगर नगरपालिकाले राजमार्गको काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचना हटाउने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै काँकरभिट्टा-चारआली खण्डमा सडक क्षेत्राधिकारभित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंङ स्थल, भवन, व्यावसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको जोखिम देखिएपछि सडकको मध्यविन्दुबाट दाँयाबाया २५ र२५ मिटर भित्र निर्माण गरिएका पार्किंङ स्थल, भवन, व्यावसायिक टहराहरु तथा घम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु हटाउने जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र हटाउनु पर्ने छ ।  पुनः उल्लिखित समय सिमा भित्र मापदण्ड पालना नगरी निर्माण भएका पार्किंङ स्थल, भवन, व्यावसायिक टहराहरू तथा घुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु नहटाएमा “स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम नगरपालिका आफैले हटाई उक्त कार्य गर्दा लागेको खर्च सम्बन्धित व्यक्ति संस्थाबाट असुल उपर गर्ने सकेत सोहि सूचनामा जानकारी गराइएको छ ।