२ कार्तिक २०८१, शुक्रवार

मातृकाको अध्यक्षतामा भद्रपुर–७ मा एमाले पुनर्गठन

९ भदौ २०८०, शनिवार
Image

भद्रपुर, ९ भदौ । नेकपा एमाले भद्रपुर वडा नम्बर ७ को दोस्रो वडा अधिवेशनले मातृका तिम्सिनाको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

शनिबार वडा नम्बर ७ को विसम टोलमा सम्पन्न विशेष अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा सीतादेवी गुरागाई, सचिवमा सुजन विष्ट दुलाल, उपसचिवमा सरिता पोखरेल, उपसचिवमा पुष्पलाल राजवंशी, सर्वसम्मत चयन हुनु भएको छ । 

वडा अधिवेसनले कार्य समिति सदस्यहरुमा हुकुमलाल गणेश, सुरज श्रेष्ठ, अशिम घिमिरे, कुपित नारायण राजवंशी, सुमित्रा ढकाल, केदार पासवान, कमला बराल, कृष्ण खतिवडा, माया भट्टराई, कमन धमला, कालु राजवंशी, राधा पासवान, जगन्नाथ खतिवडा, योगेन्द्र ढुंगाना, टंक ओली, डिल्ली खतिवडा, वेना सोरेन, वित्रिस टुडु, मेघनाथ निरौला, लिलादेवी भट्टराई र श्यामकुमारी काफ्लेलाई सर्वसम्मत निर्वाचित गरेको छ । 

मातृका तिम्सिनाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटीका सदस्य माधव विद्रोही, प्रदेश सल्लाहकार लक्ष्मण पोखरेल, जिल्ला उपसचिव अशारु राजवंशी, नगर कमिटी उपाध्यक्ष भीम सुब्बा केरुङलगायतका वक्ताहरुले नेकपा एमालेको ‘मिसन २०८४’लाई सफल बनाउन पार्टी संगठन मजबुत बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।