१६ वैशाख २०८१, आइतवार

डोल्पाका आर्मी मेजर पण्डित वेपत्ता

१२ भदौ २०८०, मङ्गलवार
Image

झापा, १२ भदौ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अवस्था अझै अज्ञात रहेको छ ।

आइतबार साँझदेखि बेपत्ता भएका मेजर पण्डित भेटाउन सकिएको छैन ।

मेजर पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जीप रिजर्भ गरेर त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल नेपाल प्रेसलाई जानकारी दिए ।

त्रिपुरा, लिपु, खोदाङ्ग लगायतका साइटमा खोजी भएपछि अहिलेसम्म भेट नभएको उनले बताए ।

उनले भने, ‘अहिलेसम्म कुनै केही संकेत आएको आएन । स्थानीयलाई सोध्दा पनि कसैले कहीँ देखे पनि भन्दैनन् । उहाँको परिवारबाट पनि फोन आइरहेको छ । सबै चिन्तित छन् । अहिले त प्रत्येकको घर घर खोजिरहेका छौँ । दुर्गम जिल्ला भएको हुँदा स्याउ खाने हिसाबले गाउँमा जानू भएको छ कि भनेर । नदी किनार, खोल्साखाल्सीमा हेर्न लगाएका छौँ । जतिसक्दो प्रयास गरिरहेका छौँ ।’

मेजर पण्डितको स्थायी घर काठमाडौंमा भएको पोखरेलले बताए । मेजर पण्डितको खोजीका लागि हिजो साँझदेखि नै नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।

(नेपाल प्रेस)