१६ वैशाख २०८१, आइतवार

महरालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

१३ भदौ २०८०, बुधवार
Image

झापा, १३ भदौ । जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विद्युतीय चुरोट ९भेप० मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।

प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।