३० वैशाख २०८१, आइतवार

दमकको सर्प सङ्ग्रहालय र मोटरसाइकल स्वंयमसेवक बन्द

१४ भदौ २०८०, बिहिवार
Image

दमक, १४ भदौ । स्थापना कालदेखि सर्पडसाइ उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले सुरुआत गरेको सर्प सङ्ग्रहालय बन्द भएको छ । सर्प सङ्ग्रहालयका लागि विभिन्न समयमा सङ्कलन गरिएका मरेका सर्पलाई व्यवस्थित रुपमा राख्न समस्या भएपछि सङ्ग्रहालय स्थापना कार्य बन्द गरिएको सभापति प्रकाश बुढाथोकीले बताउनुभयो । त्यहाँ सर्पडसाइ उपचार सेवा सुरुँंगै रेडक्रस उपशाखाले सर्प सङ्ग्रहालयको अवधारणा ल्याएको थियो । सङ्ग्रहालयमा करिब ५० बढी विषालु तथा अन्य सर्प सङ्ग्रहित थिए । ती सबै सर्प व्यवस्थापन गर्न समस्या भएपछि सर्प नष्ट गरिएको उहाँले बताउनुभयो ।

सर्पसम्बन्धी अध्ययन गर्न सघाउ पु¥याउने उद्देश्यले सुरु गरिएको सङ्ग्रहालय बन्दभएपछि सर्प अध्ययन र अवलोकन गर्न आउने सर्वसाधारण प्रभावित भएका सभापति बुढाथोकी बताउनुभयो । सर्पसम्बन्धी थप अध्ययन गर्न सकिने उद्देश्यले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा सङ्ग्रहालयको सुरुआत गरिएको थियो । सर्प डसाइको उपचार गर्नेस्थलमै सर्प सङ्ग्रहालयको अवधारणा व्यवहारिक रुपमा ल्याए पनि सम्बद्ध क्षेत्रबाट सहयोग नहुदा सङ्कलित सर्प नष्ट गर्न बाँध्य हुनुपरेको उहाँको दुःखेसो छ ।

सर्पले डस्नासाथ छिटोछरितो स्वास्थ्य संस्था, अस्पताल तथा उपचार केन्द्रसम्म बिरामी ओसार्न एम्बुलेन्सका रुपमा मोटरसाइकल स्वयमसेवक परिचालन गरिँदैआएको थियो । सर्प डसाइबाट अकालमै हुने मृत्युदर घटाउन सुरु गरिएको एम्बुलेन्सका विकल्पमा रुपमा मोटरसाइकल स्वमसेक परिचालनपछि जोखिमका मानिसलाई यस कार्यक्रम जीवन बचाउने बरदान झै बन्न पुगेको थियो । 

सभापति बुढाथोकीका अनुसार सर्प डसाइका बिरामीलाई उपचार केन्द्रसम्म छिटोछरितो ढङ्गले ल्याउन यी मोटरसाईकल आकस्मिक सवारी साधनका रुपमा प्रयोग हुदैआएका थिए । 

यसमा जिल्लाको गौरादह, गौरीगञ्ज, शिवसताक्षी, कन्काई , पूर्वी मोरङको उर्लावारी, मधुमल्ला, बयरबन, लेटाङ र इलामको दक्षिणी चुलाचुलीसम्मका अति प्रभावित क्षेत्रका करिब एक सयका हाराहारीमा स्थानीय मोटरसाईकल स्वयमसेवक परिचालन कार्यक्रममा आवद्ध थिए । 

ती मोटरसाइकल स्वयमसेवकले आफना गाउँघरका जुनसुकै बेला सर्प डसाइका बिरामी ओसार्न यो कार्यक्रमको मुख्य उद्देश्य थियो । उहाँले सर्पले डस्नासाथ अपनाउनुपर्ने उपायका बारेमा आवश्यकता अनुसार तालिम समेत दिदैआएको र यसले मृत्युदर घटाउन निकै सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,–“गाउँघरमा एम्बुलेन्स नहुने तथा सजिलै उपलव्ध हुने स्थानीय सवारी साधन मोटरसाइकललाई उपयोगमा ल्याउँदा सर्पडसाईका बिरामीले निकै राहत मात्र नभएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थामा सफलता प्राप्त हुदैआएको थियो ।” तर अहिले जोखिम क्षेत्र मानिएका स्थानीयवासीको घरघरमा मोटरसाइकल उपलव्ध हुदैगएपछि त्यस कार्यक्रम विस्तारै प्रभावित मात्र होइन बन्द नै गर्नुपर्ने अवस्था आएको सभापति बुढाथोकी बताउनुभयो  ।