३० वैशाख २०८१, आइतवार

भारतको चामल प्रतिबन्ध : भूटानलाई खुल्यो, नेपाललाई आनाकानी

१५ भदौ २०८०, शुक्रवार
Image

झापा, १५ भदौ । भारतले नेपाललाई चामल बेच्न आनाकानी गरिरहेको छ ।

हालै भारतले चामलको निर्यात प्रतिबन्ध गरेको थियो । त्यसपछि विश्वभरिबाट भारतको आलोचना हुँदै आएको छ । 

नेपालले पत्राचार गरेरै भारतसँग १० लाख मेट्रिक टन धान र एक लाख मेट्रिक टन चामल किन्न मागिरहेको छ ।

विश्वको सबैभन्दा ठूलो चामल निर्यातक मुलुक भारतको यो निर्णयले विश्वव्यापी रुपमा खाद्यान्नको भाउ आकाशिने आशंका गरिएको छ ।

केही दिन अघि भारतले आफ्ना अत्यन्त निकट मानिएका भूटान, मसिसस र सिंगापुरलाई भने चामल पठाउने घोषणा गरेको छ ।

यो घोषणा हुँदा नेपालले पनि धान र चामल पाउने आशा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारत सरकारबाट निर्यात प्रतिबन्ध खुलाउने आश्वासन पाइएको बताउनु भएको छ ।