३० वैशाख २०८१, आइतवार

पत्रकार अधिकारी, प्रपअ शाक्य र कर्मचारी दवाडी पुरस्कृत

१५ भदौ २०८०, शुक्रवार
Image

भद्रपुर, १५ भदौ । प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट आँखा अनलाइन तथा नागरिक एफएमका सम्पादक ईश्वर अधिकारी सम्मानित हुनुभएको छ ।

आज चन्द्रगढीमा आयोजित एक समारोहबीच भद्रपुर वडा नं. १० निवासी पत्रकार अधिकारीलाई नगद पुरस्कार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरियो ।

यसैगरी, प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकाकी कर्मचारी टीकादेवी दवाडी सम्मानित हुनु भएको छ ।

दुबै पुरस्कार नेपाल निजमती कर्मचारी संगठन झापाले स्थापना गरेको हो ।