२९ वैशाख २०८१, शनिवार

चुच्चे नक्सा हटाइदिएकोमा चीनसँग नेपाल रुष्ट

१५ भदौ २०८०, शुक्रवार
Image

झापा, १५ भदौ । चीनले नेपाल चुच्चे नक्सामा समेटिएको भूभाग भारततिर पारेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको छ ।

सरकारले नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने बताएको छ ।

अगस्ट २८ मा चीनले जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले  संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकाल्दै भनेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ ।’

मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुको भूभाग समेटिएको भन्दै भारत, फिलिपिन्स र मलेसियाले पनि आपत्ति जनाएका छन् ।