२९ वैशाख २०८१, शनिवार

पार्टीभित्र निराशा र पलायन बढेको स्वीकारे आङ्बोले

१७ भदौ २०८०, आइतवार
Image

झापा, १७ भदौ । नेकपा माओबादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले पार्टीभित्र निराशा र पलायन व्याप्त रहेको स्वीकार गर्नुभएको छ ।

पार्टीले ‘जनतासँग माओबादी विशेष रुपान्तरण अभियान’ सुरु गरेको प्रसंगमा फेसबुकमा विचार व्यक्त गर्दै उहाँले व्याप्त निराशा र पलायनलाई चिर्दै अघि बढ्न अभियानले रक्तसञ्चार प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले अभियानको सुरुवात उत्साहजनक रहेको र यसबाट पार्टी, नेतृत्व र सरकारप्रति जनतामा अझ विश्वास, भरोसा र अपेक्षा बढ्दै जाने बताउनु भएको छ ।

उहाँको फेसबुक स्टाटसमा आएका प्रतिक्रियाहरु भने नकारात्मक नै बढी छन् । 

‘सँगै जनयुद्ध लडेका सहयोद्धा खाडीमा बेल्चा हान्दै होलान्, नेताहरुले कहिलेकाहिँ सम्झेर मेसेन्जरमा के छ ? सोधखोज मात्रै गरे पनि ५० प्रतिशत रुपान्तरण सफल होला’–घनेन्द्र माबोले कमेन्टमा सुझाव दिदै लेख्नु भएको छ ।

अर्को एउटा कमेन्टमा प्रकाश कोइरालाले ‘भत्किसकेर प्वालै प्वाल भएको घरलाई जति टाले पनि कोही बस्नेवाला छैनन्, बरु गोठमा बस्छन्’ लेख्नु भएको छ ।

अर्काे कमेन्टमा चापाहाङ चेम्जोङले सिद्धान्त मात्रै रटेर जनतामा जानुभन्दा व्यावहारिक नेतृत्वको खाँचो रहेको औंल्याउनु भएको छ । उहाँ लेख्नुहुन्छ–‘गोजीको मान्छे माथिबाट फुत्त आउनु भएन । यो कार्य पटकपटक दोहोरिएर नैराउश्यता छाएको छ ।’