३० वैशाख २०८१, आइतवार

कोशी सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने

१८ भदौ २०८०, सोमवार
Image

झापा, १८ भदौ ।  कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

सभाध्यक्षको प्रयोग गरेर असंवैधानिक रूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परे पनि पूर्ण इजलासमा लैजान आदेश जारी गरेको थियो ।

शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

(नेपाल प्रेस)