३० वैशाख २०८१, आइतवार

नयाँ दलहरु विस्तारै सेलाउँछन् : भट्टराई

२० भदौ २०८०, बुधवार
Image

विर्तामोड, २० भदौ । नेकपा एमालेका झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका नयाँ दलहरु विस्तारै कमजोर हुने बताउनु भएको छ । 

एमालेको प्रचार तथा प्रकाशन विभागले मंगलवार बिर्तामोडमा आयोजना गरेको प्रचार भेलामा बोल्दै उहाँले एमाले र एमालेको नेतृत्वलाई जनताले सर्वाधिक रुचाएको दावी गर्नुभयो ।

बाबुराम भट्टराईको नयाँ शक्ति र रविन्द्र मिश्रको नयाँ पार्टी जस्तै रवि लामिछाने र बालेन्द्र साहहरुको रापताप पनि विस्तारै सेलाएर जाने उहाँको भनाई थियो ।

प्रचण्ड नेतृत्वको सरकारले यो फाइल र त्यो फाइल खोल्ने हावादारी धम्की दिएको जनाउँदै उहाँले एमाले कहिकतै नचुकेको बताउनुभयो । यदि केही व्यक्ति एमालेका पनि भ्रष्टाचारमा मुछिएका रहेछन् भने ती जेल गए पार्टीलाई फरक नपर्ने उहाँको भनाई थियो ।

विभागका प्रमुख गोपाल काफ्लेको अध्यक्षतामा भएको भेलामा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल र प्रेस चौतारी कोशी इञ्चार्ज गणेश पोखरेलले समेत मन्तब्य राख्नु भएको थियो ।